• १३ असार २०८२, शुक्रबार

एमएस्सी बायोस्टाटिक्टिक्स सञ्चालनको तयारी

blog

शल्यक्रियामा संलग्न चिकित्सक । तस्बिर : नवराज कट्टेल

 रङ्गेली समाचारदाता

विराटनगर, असार १३  गते  । पूर्वाञ्चल विश्वविद्यालयले एमएस्सी बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दाबी गरिएको छ । 

पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायले एमएस्सी बायोस्टाटिक्टिक्स कार्यक्रम सञ्चालन गर्ने भएको हो । यो शैक्षिक कार्यक्रमको विषयमा विज्ञहरूसँग चिकित्साशास्त्र सङ्कायले बुधबार अन्तव्र्रिmया कार्यक्रम आयोजना गरेको थियो । 

विश्वविद्यालय चिकित्साशास्त्र सङ्कायका डिन डा. शैलेशमणि पोखरेलका अनुसार यसको महìवलाई अध्ययन गरेर पाठ्यक्रमका रूपमा विकास गर्ने तयारी गरिएको हो । विश्वविद्यालय रजिस्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठीले आवश्यकता र श्रम बजारको मागलाई अध्ययन गरेर कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको बताउनुभयो । अन्तव्र्रिmयामा प्रस्तावित पाठ्यव्रmमका विषयमा उपप्राध्यापक नवीन लामिछाने, सहप्राध्यापक धरणीधर बराल, स्कुल अफ हेल्थ साइन्सेजका निर्देशक दिप्ती सुब्बा, सहडिन डा. श्यामकुमार मल्लिकले प्रस्तुतीकरण गर्नुभएको थियो । 

 कार्यक्रममा सान डियगो स्टेट युनिभर्सिटीका प्राध्यापक डा. नवीन वैद्य, ओहायो विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा. प्रमेश सुवेदी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का निवर्तमान  अध्यक्ष   प्राडा गेहनाथ बराल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य डा. लिली राजवंशी, काठमाडौँ विश्वविद्यालय जनस्वास्थ्य विभागका प्रमुख प्राडा अर्चना श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागका प्रमुख प्राडा आमोद पौड्याल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन प्राडा शिवेन्द्र झाको उपस्थिति रहेको थियो । 

यसै गरी विषय समितिका तर्फबाट डा. कादिर आलम, प्राडा अनुप घिमिरे, कमल पराजुली पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न महाशाखा तथा केन्द्रका  कार्यकारी निर्देशकहरू प्राडा मेदनीप्रसाद शर्मा, प्राडा मीनराज ढकाल, डा. कोमलप्रसाद दुलाल, डा. उत्तमकुमार रेग्मी, विश्वविद्यालय अनुदान आयोगका सदस्य प्राडा शिवकुमार राई,  त्रिवि नर्सिङ क्याम्पसका  क्याम्पस प्रमुख मेनुका भण्डारी, विराट तथा नोबेल मेडिकल कलेज र मनमोहन प्राविधिक  विश्वविद्यालय  प्राध्यापकले प्रस्तावित पाठ्यक्रममा टिप्पणी गर्नुभएको थियो । डिन पोखरेलले सुझावलाई दृष्टिगत गर्दै निकट भविष्यमै कार्यक्रम सञ्चालन गर्ने र यस्तो कार्यक्रम नेपालमै पहिलो हुने दाबी गर्नुभयो । 

पहिलो शल्यक्रिया

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल गोठगाउँमा पहिलो शल्यक्रिया गरिएको छ । विश्वविद्यालयको आफ्नो अस्पतालमा गत मङ्गलबार २८ वर्षीय एक पुरुषको कुमको शल्यशल्यक्रियामा संलग्न चिकित्सक । तस्बिर : नवराज कट्टेलया भएको हो । 

नवनिर्मित शल्यकक्ष तथा शल्यक्रिया वार्ड स्थापनापछि सेवा प्रारम्भ भएको डिन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको कुमको सफल शल्यक्रिया भएको छ । शल्यक्रिया हाडजोर्नी विशेषज्ञ तथा उपप्राध्यापक डा. रोविन श्रेष्ठको संयोजनमा हाडजोर्नी सर्जन तथा उपप्राध्यापक डा. धीरज सिंह, एनेस्थेसियोलोजिस्ट डा. विकास अधिकारीसहितको टोलिले गरेको थियो ।