• १३ असार २०८२, शुक्रबार

जन्मदेखि मृत्युसम्म गाउँपालिकाको साथ

blog

बुद्धशान्ति गाउँपालिकाको लोगो । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, असार १३ गते ।
झापाको बुद्धशान्ति गाउँपालिकाले गाउँपालिकावासीलाई झापा जिल्लाभित्र निःशुल्क शववाहनको र गर्भवती महिलाहरुलाई प्रसूति सेवाका लागि झापा जिल्लाभरिका अस्पतालमा जानका लागि निःशुल्क रुपमा एकतर्फी एम्बुलेन्स सेवा प्रदान गर्ने गरेको छ ।

नगरपालिकाले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार यो सेवालाई प्रभावकारी रुपमा अघि बढाइएको छ । जन्मदेखि मृत्युसम्म पालिकाले नगरवासीलाई दिन सक्ने सेवाको रुपमा यसलाई अघि बढाइएको गाउँपालिकाका अध्यक्ष मनोज उप्रेतीले बताउनुभयो ।

अध्यक्ष उप्रेतीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा झापा जिल्लाका जुनसुकै ब्लड बैंकबाट गाउँपालिकावासीलाई निःशुल्क रक्त सञ्चार सेवा उपलब्ध गराउँदै आएका छौँ र यसलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख रहेको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षाको सुनिश्चिततायुक्त पालिका घोषणा गर्ने पनि उल्लेख रहेको छ । यसअन्र्तगत आधारभूत तह उमेर समूहका पालिकाभित्रका सबै बालबालिकालाई विद्यालय भर्ना गर्न विद्यालय ल्याउने, टिकाउने र सिकाउने अभियान सञ्चालन गरिने उल्लेख छ ।