• १३ असोज २०८१, आइतबार

आर्मी महिला हक्कीको सेमिफाइनलमा

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, फागुन १७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लब जनकपुरमा जारी प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–१ गोलले हरायो । आर्मीकी सितामाया बल प्लेयर अफ दि म्याच हुनुभयो । यस्तै अर्को  खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५–० गोलले स्तब्ध बनायो । जितसँगै सुदूरपश्चिम अन्तिम चारमा पुगेको छ । यस खेलमा सुदूरपश्चिम सरिता उरु झागड प्लेयर अफ दि म्याच हुनुभयो । 

अर्को खेलमा गण्डकीले बागमती प्रदेशलाई ३–० गोलले हरायो । दुई गोल गर्न सफल गण्डकीकी सोनु बराल प्लेयर अफ दि म्याच हुनुभयो ।