• १३ असोज २०८१, आइतबार

सावित्राले वाफको फाइनल नखेल्ने

blog

सावित्रा भण्डारी । फाइल तस्बिर

काठमाडौँ, फागुन १६ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी चर्चित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले साउदी अरेबियामा जारी बाफ महिला च्याम्पियनसिपको फाइनल खेल्न नपाउनुहुने भएको छ । 

बाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रालाई नेपालको खेल छाडेर आफू आबद्ध फ्रेञ्च क्लब एना भान गुइनगाम्पमा फर्किनु पर्ने भएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बुधबार सावित्राले बाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने आधिकारिक जानकारी दिएको हो ।

सावित्रासँगको क्लबको सम्झौता अनुसार फिफा विन्डोमा आफ्नो देशका लागि खेल्न पाउने अनुमति थियो । तर, वाफको फाइनल फिफा विन्डो भित्र नपर्ने भएकाले सावित्रा फाइनल छाडेर आफ्नै क्लब फर्किनु पर्ने भएको हो । 

वाफको फाइनलमा नेपालले बिहीबार जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । मङ्गलबार राति भएको सेमिफाइनल खेलमा नेपालले लेबनानाई २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । सावित्राको सानदार खेल प्रदर्शनमा नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो । यस प्रतियोगितामा सावित्राले खेलेको चार खेलमा नौ गोल गर्नुभएको छ ।