• १६ वैशाख २०८१, आइतबार

दाङ क्रिकेट लिग : तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी

blog

बिहीबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, फागुन १७ गते । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग (डिसिएल–२) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् । तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई पराजित गर्दै विजयी भएका हुन । 

घोराही क्रिकेट रङ्गशालामा भएको पहिलो खेलमा तुलसीपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय रनमा समेटिएको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको तुलसीपुर रोयल्सले २० ओभरमा ६ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । 

अर्को खेलमा दंगाली लायन्सले पुरन्धारा च्यालेन्जर्सलाई ७५ रनले पराजित गरेको छ । दंगाली लायन्सले दिएको एक सय ५० रनको लक्ष्य पछ्याएको पुरन्धारा १७.५ ओभरमा ७४ रनमा समेटिएको थियो । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार रुपियाँ र उपविजेता टोलीले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ ।