• १६ वैशाख २०८१, आइतबार

त्रिकोणात्मक टी–२० सिरिज : जित्नै पर्ने दबाबबिच नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौँ, फागुन १८ गते । नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको तेस्रो खेलमा नेपाल अहिले नामिबियासँग भिड्दैछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङमा उत्रने भएको छ । नामिबियाका कप्तानले टस जितेर पहिले फिल्डिङ रोज्नुभएको हो । 

अघिल्ला दुई खेलमा लगातार हार खेपेको नेपाललाई फाइन खेल्न नामिबियासँग आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग दुई रनले पराजित भएको थियो ।

यस्तै लगातार दुई खेल जितेको नेदरल्यान्ड्सले चार अङ्क बनाएको छ । नामिबियाको दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नामिबिया नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।

दुई खेलमा पराजित नेपाल अङ्कविहीन छ । यदि आज नामिबियासँग पराजित भएका नेपाल फाइनल खेल्ने दौडबाट बाहिरिनेछ । नेपाललाई हराएमा नामिबिया फाइनल पुग्नेछ । नेपालले यस सिरिजको अन्तिम तथा चौथो खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । 

आजको खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । जसमा आरिफ शेख, अभिनाश बोहरा र अनिल शाहलाई खेल्ने मौका दिइएको छ । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई आराम दिइएको छ ।