• १३ असोज २०८१, आइतबार

अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमललाई

blog

जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकालाई । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल
दमक, फागुन १७ गते ।
झापाको शिवसताक्षी नगरपालिकामा भएको झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि कमल गाउँपालिकाले जितेको छ । विर्तामोड नगरपालिकालाई ३–१ गोल अन्तरले हराउँदै कमल गाउँपालिकाले उपाधि जितेको हो ।

बुधबार साँझ सम्पन्न फाइनलमा उपाधि बिजेता कमल गाउँपालिकाले नगद ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता  विर्तामोड नगरपालिकाले नगद ४० हजार नगद पाएको छ । झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा फागुन ४ गतेदेखि सुरु भएको प्रतियोगितामा गौरीगन्ज गाउँपालिकाले गैह कर्मचारी खेलाएको विषय बाहिर आएपछि बिबाद भएको थियो ।

कमल गाउँपालिकाले गौरीगन्ज गाउँपालिकाले मापदण्ड बाहिरका कर्मचारी खेलाएको भन्दै उजुरी हालेको थियो । कमल गाउँपालिकालाई हराउदै गौरीगन्ज गाउँपालिकाले सेमिफाइन खेल जितेर फाइनलमा पुगेपनि मापदण्ड विपरीतका खेलाडि खेलाएको पाइएपछि गौरीगन्जलाई कारवाही गर्दै कमल गाउँपालिकालाई फाइनल खेल्न दिने आयोजक शिवसताक्षी नगरपालिकाले निर्णय गरेको थियो ।

फाइनल खेलमा बिजेता तथा उपबिजेताहरुलाई पुरुस्कार वितरण गर्दै विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतरा प्रसाई, शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिं राई लगायतले खेलकुदलाई आफुहरुले प्राथमिकतामा राखेको बताउनुभएको थियो ।