• १३ असोज २०८१, आइतबार

ऋषिङ कपको उपाधि गल्कोट नगरपालिकालाई

blog

प्रथम हुन सफल गल्कोट नगरपालिकालाई पुरस्कार प्रदान गर्नुहुँदै व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने लगायत ।

अमरराज नहर्की

तनहुँ, फागुन १७ गते । ऋषिङ गाउँपालिकाद्वारा यहाँ सञ्चालित चौथो ऋषिङ अध्यक्ष कपको उपाधि बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा सहभागी १३ पालिकालाई पछि पार्दै गल्कोटले उपाधि जितेको हो । 

उपाधिसँगै गल्कोटले नगद रु एक लाख ८७ हजार साथै मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो हुने शुक्लागण्डकी नगरपालिकाले एक लाख २० हजार र तेस्रो हुने  बौदीकाली गाउँपालिकाले ५४ हजार तथा सान्त्वना हुने भिमाद नगरपालिकाले १३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेको छन् ।  

खेलमा गल्कोट नगरपालिकाका सुमी विक उत्कृष्ट खेलाडीका रूपमा पुरस्कृत हुनुभयो प्रतियोगिता अवधिभर उत्कृष्ट सेटरका रूपमा गल्कोट कै मीन सुनार, वेस्ट स्पाईकारका रूपमा बौदीकाली गाउँपालिकाका असिस श्रेष्ठ, वेस्ट डिफेन्डरका रूपमा बौदीकालीका सुरण गाहा पुरस्कृत हुन सफल हुनुभयो । प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।