• १२ साउन २०८१, शनिबार

ज्ञानेन्द्र, शक्ति र रिजन अब लेभल–२ प्रशिक्षक

blog

आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्न सफल खेलाडीहरु । तस्बिर : क्यान

काठमाडौँ, फागुन १ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र रिजन प्रजुले आइसिसी लेभल–२ कोचिङ (प्रशिक्षक) कोर्स पूरा गर्नुभएको छ ।

सिंगापुरमा डिसेम्बर ७ देखि १० तारिखसम्म सञ्चालन भएको उक्त कोर्स तीनै जना खेलाडीले उत्तीर्ण गर्नुभएको हो । कोर्सको अन्तिम नतिजामा पूर्व कप्तान ज्ञानेन्द्र पहिलो स्थानमा रहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

आइसिसीको यस कोर्स सकेसँगै पूर्व क्रिकेटरहरूलाई अब प्रशिक्षक बन्ने बाटो खुलेको छ । ज्ञानेन्द्रले भर्खर सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबको प्रशिक्षण सम्हाली सक्नुभएको छ ।