शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रमेश विश्वकर्मा
गुल्मी, जेठ १ गते। गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर– ७, झेदी क्षेत्रको सडक खण्ड नौ दिन बन्द हुने भएको छ । शुक्रबारदेखि जेठ ९ गतेसम्म यस सडक खण्ड सडक बन्द हुने भएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन अर्यालले जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत अर्यालका अनुसार यस नगरपालिका र जमुना निर्माण सेवा बीच ठेक्का सम्झौता भएको थियो। सोही अनुसार निर्माण भइरहेको झेदी वामीटक्सार वामीमैदान सडकअन्तर्गत यस खण्डमा प्रि–मिक्स कार्पेट पिचको कार्य भइरहेको छ।
यहाँ निर्माणको काम गर्नका लागि यस खण्डमा सवारी आवतजावत बन्द गरिएको बताइएको हो। यस समयावधिमा सवारी आवतजावतमा वैकल्पिक सडक प्रयोग गरेर निर्माण कार्यमा सहयोग गरिदिन नगरपालिकाले आग्रह गरेको छ।