• १२ साउन २०८१, शनिबार

खेलाडीका लागि देशमै राम्रो वातावरण बनाउनुपर्छ : ओली

blog

रेफ्रीलाई बल दिएर मैत्रीपूर्ण फुटबल खेलको उद्घाटन गर्नुहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौँ, माघ २९ गते । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीका लागि स्वदेशमै राम्रो वातावरण बनाउन सके विदेश पलायन हुनबाट रोक्न सकिने बताउनुभएको छ । 

ललितपुरको एन्फा कम्प्लेक्समा सोमबार राजनीतिज्ञ र कलाकारबिच भएको मैत्रीपूर्ण फुटबल खेलका क्रममा बोल्दै ओलीले यस्तो बताउनुभएको हो । उहाँले राम्रो खेलाडीका लागि बाहिर अवसर धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । 

‘‘नेपालले अन्तर्राष्ट्रिय स्तरका खेल जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक छ । म प्रधानमन्त्री भएको बेलामा रङ्गशालाको पुनः निर्माणदेखि नयाँ रङ्गशाला निर्माणमा काम भएको थियो । अहिले खेलमा अवर नभएर खेलाडी बाहिरिएका हुन्,’’ ओलीले भन्नुभयो । अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरू पचाउन अझै कठिन भइरहेको पनि बताउनुभयो ।