• १२ साउन २०८१, शनिबार

कमलबजारलाई महिला भलिबल उपाधि

blog

कमलबजार र पञ्चदेवल विनायक नगरपालिकाको महिला टिम । तस्बिर : गोरखापत्र

शिवराज ढुङ्गाना 

मङ्गलसेन, मङ्सिर २२ गते । पञ्चदेवल विनायक नगरपालिकाको टिमलाई पराजित गर्दै पालिकास्तरी खुला महिला भलिबलको उपाधि कमलजार नगरपालिकाले हात पारेको छ । 

शुक्रबार साँफेबगरमा सम्पन्न प्रतियिोगितामा पहिलो भएको कमलबजारको टिमले एकलाख ५० हजार रुपियाँ नगद, शिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्राे भएको पञ्चदेवल विनायक नगरपालिकाको टिमले ८० हजार रुपियाँ नगद, शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ । भने तेस्राे भएको मेल्लेख गाउँपालिकाको टिमले ४० हजार रुपियाँ र चौथो भएको जनशिखा क्याम्पसले २० हजार रुपियाँ प्राप्त गरेको छ । 

मङ्गलबारबाट साँफेबगरमा शुरु भएको प्रतियोगितामा अछामका नौ स्थानीय तह र तीन संस्थागत टिम गरेर १२ टिम सहभागी थिए । १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको थियो । 

प्रतियोगिताको समापनका क्रममा प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाहले खेलकुदले प्रतिभाको पहिचान र सशक्तीकरणमा सहयोग पुग्ने बताउनुभयो ।