रानीमहल आँगनमा बिच भलिबलको रौनक
गोविन्द रेग्मीकाठमाडौँ, चैत २५ गते । पाल्पाको ऐतिहासिक धरोहर रानीमहल आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तब्य हो । १३६ वर्ष पहिले पाल्पाका राजा खड्क शमसेरले आफ्नो रानी तेजकुमारीको सम्झनामा बनाएको यो दरवार अवलोकन गर्न बर्षेनी हजारौँ पर्यटक आउने गर्छन् । नेपालको ताजमहल अर्थात् रानीमहल प्रेमको प्रतिक भएकाले पनि प्रेमिल जोडीहरु त्यहाँ पुग्ने गरेका छन् ।कोभिड-१९ का कारण पछिल्लो दुई बर्ष रानीमहलको अवलोकन र कालीगन्डकीको र्याफ्टिङ ठप्प जस्तै भयो । अहिले कोरोना संक्रमण दर कम भएसँगै रानीमलमा आन्तरिक पर्यटकको चहल पहल बढेको छ । गर्मी मौसममा कालीगन्डकीको जिसो पानीमा र्याफ्टिङ गर्दै रामीमहलको अवलोकन गर्ने पर्यटकको भिड लाग्न थालेको छ ।यही मौकामा सञ्जय स्मृति मेमोरियल फाउन्डेसनले रानीमहलको काखमा पहिलो पटक राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना गरेर यस क्षेत्रलाई थप चर्चित बनाउने कामको समेत थालनी गरेको छ । ‘रानीमहललाई खेलकुद पर्यटकको नयाँ गन्तब्यको रुपमा विकास गर्न र यहाँ बिच भलिबल खेलको सम्भावनालाई मध्यनजर गरेर स्वर्गीय श्रीमान सञ्जयको स्मृतिमा प्रतयोगिता सुरुवात गरेकी हुँ,’ भलिबल प्रेमी एवं नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले भन्नुभयो ।रानीमहल किनार बीच भलिबल, र्याफ्टिङ र अल्ट्रा रेसको लागि उत्कृष्ट गन्तब्य भएकोले सरकार खेलकुदसँगै यस क्षेत्रको संरक्षण र विकास गर्न लागि परेको युवा तथा खेलकुद सचिव डा. दामोदर रेग्मीले बताउनुभयो ।‘रानीमहल अहिले कालीगन्डकी नदीको कटानका कारण उच्च जोखिममा परेको छ । नदीको बहावलाई कम गरी ड्याम लगाएर महलको संरक्षण गर्न सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ,’ सचिव रेग्मीले भन्नुभयो । रानीमहल क्षेत्रलाई खेलकुद हव बनाउन स्थानीय व्यक्तिको समन्वय, सहयोग र अग्रसरता थप महत्वपूर्ण हुने पूर्व गभर्नर एवं पाल्पाकै स्थानीय बासिन्दा डा.जिरन्जीवी नेपालले बताउनुभयो ।पुलिस र लुम्बिनी फाइनलमाबिच भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश फाइनलमा पुगेका छन् । शुक्रबार भएको सेमिफाइनलमा पुलिसले गण्डकी प्रदेशलाई २–० को सोझो सेटमा हराएको छ । पुलिसले गण्डकीमाथि २१–१९, २१–९ को जित निकालेको हो ।अर्को खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई २१–१७, २१–१४ को सेटमा स्तब्ध बनायो । तेस्रो स्थानका लागि गण्डकी र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । चैत २४ गतेदेखि सञ्चालित तीनदिने बिच भलिबल प्रतियोगितामा सात प्रदेश, विभागीय टोलीको नेपाल पुलिस र एपीएफ क्लबगरी नौ टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
शीर्षटोली सिटी र लिभरपुल बराबरीमा रोकियो
काठमाडौँ, चैत २८ गते । इङ्लिस प्रिमियर लिगको शीर्षटोली म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सिटीको घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटी लिभरपुलसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।घरेलु मैदानमा सिटीले दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा बराबरीमा चित्त बुझायो । सिटीका लागि कप्तान केभिन डि ब्रुयन र गाब्रियल जेससले गोल गर्नुभयो । लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा सिटीले पाँचौँ मिनेटमा अग्रता लिएको थियो ।कप्तान केभिन डि ब्रुयनले बर्नाडो सिल्भाको पासमा गोल फर्काउनु भएको हो । तर सिटीको त्यो अग्रता लामो समय टिकेन । १३औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । ३६औँ मिनेटमा गाब्रियल जेससले गोल गरेपछि सिटीले पहिलो हाफमा पुनः अग्रता लियो । त्यसपछि दोस्रो हाफको सुरुवातमै लिभरपुलले बराबरी गोल फर्कायो । ४६औँ मिनेटमा साडियो मानेले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको हो ।२–२ गोलको बराबरीमा ल्याए । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए । ६३औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेपनि अफसाइड त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोलीले एक एक अङ्क बाँडे । बराबरीसागै शीर्षस्थानको सिटीको ३१ खेलबाट ७४ बनाएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ७३ अङ्क छ । एजेन्सी
न्युज २४ लाई मिडिया कप फुटसल उपाधि
काठमाडौँ, चैत २९ गते । पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसल उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको नेसनल स्पोर्ट्स सेन्टर च्यासलमा मङ्गलबार भएको फाइनल खेलमा न्युज २४ टेलिभिजनले नेपाल पत्रकार महासङ्घ ललितपुर शाखालाई ५–२ गोलले हरायो ।यसअघि भएको सेमिफाइनल खेलमा न्युज २४ ले पत्रकार महासङ्घ कास्की शाखालाई ७–२ गोलले हराएर फाइनलमा स्थान बनाएको थियोे । उपाधिसँगै न्युज २४ ले २५ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता ललितपुर शाखाले १५ हजार रुपियाँ प्राप्त गर्यो ।नेपाल पत्रकार महासङ्घ (एफएनजे)ले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगितामा महासङ्घ अन्तर्गत विभिन्न जिल्ला र प्रतिष्ठान लगायतका १६ टोलीको सहभागिता रहेको थियो । दुई दिने प्रतियोगितामा सहभागी टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
अर्को त्रिदेशीय सिरिजको तयारीमा नेपाली क्रिकेट
नेपाली क्रिकेट टोली फेरि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अर्को त्रिदेशीय सिरिजको तयारीमा जुटेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)आगामी जेठ २४ देखि ३१ गतेसम्म अमेरिकामा आयोजना हुने त्रिदेशीय सिरिजको तयारीका लागि जुटेको क्यानका म्यानेजर विनोद दासले बताउनुभयो ।