• १२ साउन २०८१, शनिबार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा

blog

काठमाडौँ, मङ्सिर २४ गते । घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘सी’ अन्तर्गत फाप्ला क्रिकेट मैदानमा आइतबार भएको खेलमा घोडाघोडीले गरुडा नगरपालिकालाई ६ विकेटले हरायो । गरुडा प्रतियोगिताबाट बाहिरिएको छ । 

गरुडा नगरपालिकाले दिएको एक सय २९ रनको लक्ष्य घोडाघोडीले १७.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको गरुडा नगरपालिकाले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २८ रन बनाएको थियो । 

लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो। प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपियाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ टिमको सहभागिता छ।