• १२ साउन २०८१, शनिबार

चौथो खेलकुद महोत्सव गर्दै कालीगण्डकी

blog

अर्जुन काफ्ले

स्याङ्जा, मङ्सिर २४ गते । कालीगण्डकी गाउँपालिकाले चौथो कालिगण्डकी खेलकुद महोत्सव २०८० गर्ने भएको छ । गाउँपालिकाले यही मङ्सिर २९ गतेदेखि पुस १ गतेसम्म खेलकुद महोत्सव गर्न लागेको हो । 

महोत्सवमा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, टेबुल टेनिस, दौड, बुद्धिचाल महिला र पुरुष गरी २१ खेल विधा समावेश गरिएको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले जनाकारी दिनुभयो ।

खेलकुदमा ३०८ जना पुरुष र ३०८ महिला गरी ६१६ जना खेलाडी र ३५ जना खेल संयोजक रहने जानकारी पनि थापाले दिनुभयो । ११ पालिका रहेको स्याङ्जामा पुरुष तथा महिलाको खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो पालिका कालिगण्डी हो ।

कूल चार लाख ७४ हजार रुपियाँ पुरस्कार राशि प्रतियोगिताको सबै विधामा विजेता, उपविजेता र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।