• ११ मंसिर २०८१, मङ्गलबार

दुई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट क्यानलाई दुई करोड ६० लाख बचत

blog

क्रिकेट अम्पायर तथा स्कोररको पुनर्ताजगी कार्यक्रममा सहभागीहरु ।

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत महिना आयोजित त्रिदेशीय टी-२० शृङ्खला र आइसिसी टी-२० विश्वकप एशिया छनोट प्रतियोगिताबाट दु करोड ६० लाख रुपियाँभन्दा बढी रकम बचत गरेको सङ्घका सचिव पारस खड्काले बताउनुभएको छ ।

नेपाली क्रिकेटमा प्रचुर सम्भावना रहेको बताउँदै खड्काले घरेलु प्रतियोगिता, सङ्घको सङ्गठनात्मक स्वरुप र कार्यशैलीमा भने पुनर्विचार गर्न जरुरी रहेको बताउनुभयो 

काठमाडौँमा शनिबार सम्पन्न क्रिकेट अम्पायर तथा स्कोररको दुईदिने पुनर्ताजगी कार्यक्रमको समापन अवसरमा खड्काले क्यानले निकट भविष्यमा वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने पनि बताउनुभयो । 

देशका ६ प्रदेशबाट कुल ७१ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अम्पायर तथा स्कोरर सहभागी कार्यक्रममा अन्तरास्ट्रिय क्रिकेट परिषद् (आइसिसी) डिभलपमेन्ट प्यानल सदस्य नेपाली अम्पायरत्रय बुद्धिबहादुर प्रधान, दुर्गानाथ सुवेदी र विनयकुमार झा लगायतले क्रिकेट नियम तथा प्लेयिङ कन्डिसनमा भएका पछिल्ला संशाेधन एवं अन्य विषयमा प्रशिक्षण दिनुभएको थियो ।

सहभागीलाई क्यान सचिव खड्का तथा आयोजक क्रिकेट अम्पायर तथा स्कोरर सङ्घ नेपालका अधक्ष सत्यजित सरकारले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।