• ८ असार २०८१, शनिबार

झापा गोल्डकप फागुन १९ गतेदेखि

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

लीलाराज खड्का 

बिर्तामोड, माघ ९ गते  । राजधानी बाहिरको सर्वाधिक चर्चित झापा गोल्डकपको छैटौँ संस्करण आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा हुने भएको छ । 

प्रतियोगितामा आयोजक झापा ११ सहित नेपालका ७ र विदेशका ३ गरी १० टिमको सहभागिता रहने मङ्गलवार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रतियोगितामा पुरस्कारको राशिलाई समेत यसवर्ष वृद्धि गरी प्रथम पुरस्कार १३ लाख दोस्रो पुरस्कारलाई नगद ७ लाख रुपियाँ बनाइएको थियो । 

अघिल्लो वर्षभन्दा यसवर्ष पुरस्कारको राशि ५० हजारले वृद्धि गरिएको हो । यसैगरि प्रतियोगितामा मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, प्रतियोगितामा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र उच्च गोलकर्ताले जनही नगद २५ हजार र प्रत्येक दिनको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपियाँ पाउने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताउनुभयो । 

प्रतियोगिताको मैदान व्यवस्थापन लगायताका कार्यहरू सुचारु गरिसकिएको र प्रतियोगिता सम्पन्न गर्नका लागि नगद १ करोड ४० लाख रुपियाँ खर्च हुने अनुमान गरिएको आयोजक समितिका कोषाध्यक्ष  केदार गिरीले बताउनुभयो ।