• १३ साउन २०८१, आइतबार

एघार स्वर्णसहित तेल्लोक मावि प्रथम

blog

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजेताहरू ।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेल्लोक माध्यमिक विद्यालय प्रथम भएको छ । विभिन्न खेल विधामा ११ स्वर्ण पदक जित्दै तेल्लोक मावि प्रथम भएको हो ।

यस्तै तेल्लोक माविले ६ रजत र ४ कांस्य पदक पनि जितेको छ । प्रतियोगितामा द्वितीय बनेको सिनाम माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ३ कांस्य पदक जितेको छ । तृतीय बनेको आम्बेगुदिन माध्यमिक विद्यालयले भने ४ स्वर्ण, ४ रजत र ६ कांस्य पदक प्राप्त गरेको छ ।

त्यस्तै सरस्वती माध्यमिक विद्यालय सिकैँचाले ३ स्वर्ण, ४ रजत र ३ कांस्य, राष्ट्रिय माध्यमिक विद्यालय पेदाङले २ स्वर्ण, ३ रजत र ६ कांस्य जितेको छ । गणेश माध्यमिक विद्यालय खेबाङले १ स्वर्ण, २ रजत र ४ कांस्य तथा कञ्चनजङ्घा माध्यमिक विद्यालय याम्फुदिनले २ रजत र २ कांस्य पदक जितेको छ । विजेतालाई गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान लगायतले ट्रफी र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।