• १३ असोज २०८१, आइतबार

नेपाल कबड्डी लिगको तयारी

blog

कबड्डी लिग आयोजनाका लागि सम्झौता गरिँदै ।

काठमाडौँ, माघ १३ गते । अखिल नेपाल कबड्डी सङ्घले नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारित कबड्डी लिग गर्ने तयारी गरेको छ । नेपाल कबड्डी लिग नाम दिइएको प्रतियोगिता जुलाइमा गर्ने गरी सङ्घले तयारी थालेको हो । 

भारतपछि विश्वमै नेपाल कबड्डीको फ्रेन्चाइज लिग आयोजना गर्ने दोस्रो राष्ट्र हुने पनि सङ्घले जनाएको  छ । लिग आयोजनाका लापगि आयोजक नेपाल कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापा र एस्ट्रोनिक्स म्यानेजमेन्ट प्रालिका अध्यक्ष अमित बेगानीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।