• १३ असोज २०८१, आइतबार

विश्वकप क्रिकेट : अफगानिस्तानविरुद्ध नेपालको सुखद सुरुआत

blog

फाइल तस्बिर

काठमाडौँ, माघ १२ गते । आइसिसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस हारेर पहिला फिल्डिङको निम्तो पाएको नेपालले दुई ओभरमा दुई विकेट लिएको छ ।

नेपालका लागि गुल्सन झा र आकाश चन्दले समान एक-एक विकेट लिए । नेपाललाई पहिलो सफलता दिलाउने क्रममा गुल्सनले खेलको पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई आउट गराए । 

त्यस्तै आकाशले दोस्रो ओभरको तेस्रो बलमा अफगानिस्तानका खालिद तानिवालाई आउट गराए । नेपाल र अफगानिस्तान यु-१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् ।

प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपाल आजको खेल जित्नुपर्ने दबाब छ । समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो । अफगानिस्तान पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो । रासस