• ६ जेठ २०८१, आइतबार

प्रधानमन्त्री कप क्रिकेट : नेपाल पुलिस फाइनलमा

blog

मुलपानीमा प्रतिस्पर्धा गर्दै पुलिस र गण्डकीका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ १५ गते । विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप  पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पुलिस जारी प्रतियोगितामा दुई खेलअघि नै फाइनलमा पुगेको हो । 

मुलपानी मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । लगातार सातौँ जित निकालेको पुलिसले १४ अङ्क बनाएको छ । पराजित गण्डकी आठ खेलबाट चार अङ्क जोड्दै आठौँ स्थानमा छ । 

जितका लागि गण्डकीले दिएको एक ७१ रनको लक्ष्य पुलिसले २४.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ५७ रन बनाउनुभयो । अर्जुन साउदले अविजित ४४, आरिफ शेखले अविजित २७ र ओपनर कुशल भुर्तेलले २२ रन बनाउनुभयो । बलिङमा गण्डकीका लागि सन्दिप पराजुलीले दुई विकेट लिनुभयो । कमल परियार र बिपिन खत्रीले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश ३८.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङले ५० रन बनाउनुभयो । करन पंगेनी र कमल परियारले ३०/३० र समिर कंडेलले २९ रन जोड्नुभयो । बलिङमा पुलिसका राशिद खान एक्लैले पाँच विकेट लिनुभयो । करण केसी र ललित राजवंशीले एक एक विकेट झार्नुभयो ।