• १३ असोज २०८१, आइतबार

दक्षिण कोरियालाई हराउँदै जोर्डन फाइनलमा

blog

उडेर बल प्रहार गर्दै जोर्डनका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, माघ २४ गते । जोर्डन कतारमा जारी एएफसी एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोहामा मङ्गलबार राति भएको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियालाई २–० गोलले हरायो ।

फाइनलमा जोर्डनले इरान र आयोजक कतारबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुनेछ । जोर्डनले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

जोर्डनलाई जिताउन अल नौमतले ५३औँ र सुलाइमान अल तामरीले ६६औँ मिनेटमा गोल गर्नुभयो । जोर्डन पहिलो पटक एसियन कपको फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार हुनेछ । एजेन्सी