• ५ जेठ २०८१, शनिबार

साफ यु–१९ महिला फुटबल : नेपाललाई हराउँदै भारत फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै नेपाल र भारतका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, माघ २३ गते । भारत बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा मङ्गलबार भारतले नेपाललाई ४–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशलामा भारतलाई जित दिलाउन नेहाले दुई तथा सुलन्जना राहुल र सिन्डी कोल्नीले एक गोल गर्नुभयो । भारतले सबै गोल दोस्रो हाफमा गरेको थियो ।

चार टोली सहभागी च्याम्पियनसिपको फाइनलमा भारतले बङ्गलादेशको सामना गर्नेछ । नेपाल र भुटान बाहिरिएका छन् । नेपाल पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले भुटानलाई १–० गोलले हराएको थियो ।