• ५ जेठ २०८१, शनिबार

केपी ओली कप फुटबल : उद्घाटन खेलमा आयोजक र चर्च ब्वाइज भिड्ने

blog

केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक गरिँदै । फाइल तस्बिर

काठमाडौँ, माघ २३ गते । केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजकको केपी ओली एफसी र चर्च ब्वाइज युनाइटेड भिड्ने भएका छन् । 

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने लागेको प्रतियोगिताको मङ्गलबार खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेल ललितपुरको च्यासल मैदानमा हुनेछ । 

प्रतियोगितामा दुई विदेशी सहित १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा  ‘ए’ डिभिजनका मनाङ मर्स्याङ्दी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी क्लब, थ्री स्टार, जावलाखेल यूथ क्लब, विदेशी पारो एफसी (भुटान), मानेभञ्ज्याङ एफसी (भारत) र आयोजकको केपी ओली एफसीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको फाइनल खेल दशरथ रङ्गशालामा हुनेछ । 

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई जनही ५० हजार तथा प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार र म्यान अफ दि म्याचलाई १५ हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।