काठमाडौँ, असार २६ गते । नेपाल आइसिसी टी–२० विश्वकपको एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोटमा समूह ‘बी’ मा परेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बिहीबार सार्वजनिक गरेको समूह विभाजनमा नेपालको समूहमा कुवेत र जापान परेको छ । पहिलो चरणको प्रतिस्पर्धामा
सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । यस्तै समूह ‘ए’मा संयुक्त अरब इमिरेट्स, मलेसिया र कतार रहेको छ । समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र समओले रहेको छ ।
छनोट खेल अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा हुनेछ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोलीले ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।
सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रुपमा आयोजना आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।