• १३ असोज २०८१, आइतबार

युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक

blog

प्रारम्भिक मनोनयनमा पर्न सफल युवा खेलाडी ।

काठमाडौँ, माघ २३ गते । २०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले माघ २८ गते हुने अवार्डका लागि मङ्गलबार दुवै विधाको अवार्डमा लागि आठ खेलाडी र आठ प्रशिक्षकको प्रारम्भिक मनोनयन सुची सार्वजनिक गरेको हो । यहीबाट अन्तिममा तीन तीन जनाको नाम सार्वजनिक गर्ने जनाएको छ । अन्तिममा रहेका तीन जनाबाट एक जना विजेताको घोषणा गरिनेछ ।

वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) पर्नुभएको छ । 

यस्तै प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) पर्नुभएको छ । यस विधाको विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । मञ्चले अवार्डका लागि यसअघि वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी र पिपल्स च्वाइसको मनोनयन सार्वजनिक गरिसकेको छ ।