• ९ जेठ २०८१, बुधबार

मेयर कप : मोडेल एकेडेमी फाइनलमा

blog

सेमिफाइनल भिड्दै खेलाडीहरु । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगन्ज, माघ २२ गते । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा नेपालगन्जको धम्बोझीस्थित एन्फा ग्रासरुट ट्रेनिङ सेन्टरमा भइरहेको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको छात्रातर्फ मोडेल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । मोडेलले मङ्गलप्रसाद माविलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गरेर फाइनलमा प्रवेश गरेको हो । 

२५औँ मिनेटमै निरुता शाहीको गोलबाट मङ्गलले अग्रता लिएको थियो । मोडेलका चमेली चौधरीले ३३औँ मिनेटमा गोल गरेर टिमलाई बराबरीमा ल्याउनु भएको थियो । ट्राइबेकरमा मोडेलका भविसरा बुढाक्षेत्री, शोभाशाही र आरुसी भट्टराईले गोल गर्नुभयो ।

मङ्गलका उर्वशी शाहीले मात्रै गोल गर्न सफल हुनुभयो । निरुता शाही, झुमा थारु र विनीता बुढाले गोलगर्न सक्नुभएन । नेपालगन्ज मोडेलका आरुसी भट्टराई ओमन अफ दि म्याच घोषित हुनुभयो । 

अर्को खेलमा जनसेवा मावि गिजराले डायनामिक हाइस्कुललाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जनसेवाका पुष्पा कामीले र शुभेच्छा बोहराले गोल गर्नुभयो । पुष्पा कामी ओमन अफ दि म्याच घोषित हुनुभयो । 

प्रतियोगितामा छात्रातर्फ पाँच र छात्रतर्फ २८ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेताले ११ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।