• १३ असोज २०८१, आइतबार

रग्वी फिफ्टिन्स लिगमा चार टोली

blog

रग्वी लिग बारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौँ, माघ २३ गते । नेपाल रग्वी सङ्घको आयोजनामा राष्ट्रिय रग्वी फिफ्टिन्स लिग फागुन ६ देखि १२ गतेसम्म दशरथ रङ्गशालामा हुने भएको छ ।

लिगमा विभागीय टोलीको त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लब र गोर्खाली रग्वी क्लब काठमाडौँको सहभागिता रहने मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । ‘‘नेपालका रग्वी खेल विकासको चरणमा रहेकोले भविष्यमा खेलाडी र सहभागी सङ्ख्या बढ्दै जानेछ,’’ देवकोटाले भन्नुभयो । 

सिङ्गल राउन्ड लिगका आधारमा प्रतिस्पर्धा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपियाँ लाग्ने सङ्घका महासचिव गोविन्द घिमिरेले बताउनुभयो । पाँचौँ संस्करणको लिगको विजेतालाई उपाधिसँगै ७५ हजार र उपविजेतालाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

सङ्घले प्रत्येक टोलीलाई तयारी खर्चस्वरूप पाँच पाँच लाख रुपियाँ प्रदान गर्नेछ । लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ । जसमा विभागीय बाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । यसपटक गोर्खाली क्लबले पाँच खेलाडी राखेको छ ।