• ५ जेठ २०८१, शनिबार

मच्छिन्द्रलाई यु–१६ फुटबल लिग उपाधि

blog

काठमाडौँ, माघ २४ गते । एन्फा यु–१६ फुटबल लिगको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ ।

ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा बुधबार भएको लिगको अन्तिम खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराउँदै मच्छिन्द्र च्याम्पियन बनेको हो । पहिलो हाफमा पछि परेको मच्छिन्द्रले पुनरागमन जित निकालेको हो ।

जितसँगै मच्छिन्द्रले १८ खेलबाट ३८ अङ्क बनायो । दोस्रो स्थान रहेको नेपाल एपिएफ क्लबले ३५ अङ्क जोडेको छ ।