• १३ असोज २०८१, आइतबार

चार करोडको लागतमा बहुउद्देशीय कभर्ड हल निर्माण

blog

धनकुटामा निर्माणाधीन हिले बहुउद्देशीय कभर्ड ।

कबिराज घिमिरे 

हिले, फागुन ४ गते । ईन्डोर खेल खेलाउन सहज बनाउने उद्देश्यले धनकुटाको हिलेमा हिले बहुउद्देशीय कभर्ड हल निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारको करिब तीन करोड ९० लाख रुपियाँको लागतमा सहरी तथा भवन निर्माण आयोजनाले कभर्ड हल निर्माण हुन लागेको हो । 

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सम्पूर्ण ईन्डोर खेलहरु हल भित्रै खेलाउन मिल्ने गरि करिब एक हजार दर्शक क्षमताको हल बन्न लागेको हो । दुई वर्ष अघिबाट निर्माण सुरु भएको सो आयोजना आउँदो चैत्र सम्ममा सो निर्माण भइसक्ने छ । 

हालमा ब्याडमिन्टन तथा भलिवल कोण दर्शकको लागि प्याराफिट सहित सम्पूर्ण इन्डोर खेलहरुलाई आवश्यक पर्ने संरचना तथा पूर्वाधार बन्ने सहरी विकास तथा भवन निर्माण कार्यलय धनकुटाका ईन्जीनियर किमिल्सुङ लिम्बुले जानकारी दिनुभयो । हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको कार्यलयले जनाएको छ । 

यो कभर्ड हलले हिलेको खेलकुद गतिविधिलाई उर्जा थपि खेलकुद पर्यटनको क्षेत्रमा सहयोग पुर्याउने धनकुटा नगरपालिका वडा नम्बर एकका वडाध्यक्ष ओङ्दा तामाङ्गले जानकारी दिनुभयो । त्यस्तै अन्य विभिन्न कार्यक्रम गर्न समेत हल सहयोगी हुने उहाँको दावी छ ।