• १३ असोज २०८१, आइतबार

भुटान जिता-क्योइ जुडोमा नेपाललाई तीन स्वर्ण

blog

काठमाडौँ, फागुन ३ गते । भुटानको थिम्पुमा सम्पन्न दोस्राे भुटान जिता-क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्ण र २ रजत पदक जितेको छ ।

पुरुष ६० केजीमा काशिराम महौत, महिला ५७ केजीमा पेमा याङ्जी शेर्पा तथा महिला ४४ केजीमा दीपाकुमारी खत्रीले स्वर्णपदक जितेको निर्देशक सुप्रसिद्ध ताम्राकारले जानकारी दिनुभयो ।  

यसैगरी पुरुष ६० केजीमा पेम्बा दोर्जी शेर्पा तथा महिला ५७ केजीमा वन्दना कुलुङले रजत पदक जित्नुभयो ।