• १३ असोज २०८१, आइतबार

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाललाई नेदरल्यान्ड्सको मध्यम लक्ष्य

blog

नेदरल्यान्ड्सको विकेट लिएपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, फागुन ५ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा जितका लागि नेपाललाई नेदरल्यान्ड्सले एक सय ३८ रनको मध्यम लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रन बनाएको छ । 

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एड्पार्डसले सर्वाधिक ३३ रन बनाउनुभयो । बास डी लिडेले २७, साइब्रान्ड एङ्गेलब्रेख्त २३, नोआ क्रसले १२, कायल क्लेलिनले अविजित ११ तथाआर्यन दत्त र म्याक्स ओुडोउडले १०/१० रन जोड्नुभयो । 

बलिङमा नेपालका कुशल भुर्तेलले चार विकेट लिनुभयो । यस्तै ललितनारायण राजवंशीले दुई तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले एक/एक विकेट झार्नुभयो । सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको थियो ।