• १३ असोज २०८१, आइतबार

युएस ओपन तेक्वान्दोमा क्षेत्री निर्णायक

blog

काठमाडौँ, फागुन ३ गते । नेपाली अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्रीले विश्व वरीयता जी–२ २०२४ युएस ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने गर्नुहुने भएको छ ।

अमेरिकाको रेनोमा शुक्रबारदेखि सुरु हुने प्रतियोगिता विश्व तेक्वान्दोको आयोजना तथा युएसए तेक्वान्दो र युएसए ओलम्पिक कमिटिको संयोजनमा हुँदैछ । तीन दिन हुने प्रतियोगितामा ओलम्पियन तथा विश्व च्याम्पियन खेलाडीसमेत गरी दुई हजार १४० खेलाडीको सहभागिता रहनेछ ।

यसअघि क्षेत्रीले दक्षिण कोरियामा भएको विश्व वरीयता ९ जी–१० किम योङ कप, अमेरिकाको लास भेगासमा भएको २०२३ युएस ओपन विश्व वरीयता जी–२ र दक्षिण कोरियामा भएको २०२३ सियोङनाम ओपनमा पनि निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

एनआरएनए दक्षिण कोरियाका पूर्वअध्यक्ष समेत रहेका क्षेत्री कोरिया ओपन विश्व वरीयता जी–२ अन्तर्राष्ट्रिय  प्रतियोगिता २००८ का स्वर्ण पदक विजेता हुनुहुन्छ ।