• १३ असोज २०८१, आइतबार

नेपाल नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै

blog

टस गर्दै नेपाल र नामिबियाका कप्तान । तस्बिर : क्यान

काठमाडौँ, फागुन ३ गते । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेर्रार्ड इरस्मसले टस जितेर फिल्डिङ रोेजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक सरिजमा दुवै टोली सुखद सुरुवा गर्ने लक्ष्यमा छन् ।

नामिबिया र नेपालबीच अहिलेसम्म ६ अन्तर्राष्ट्रिय एक दिवसीय खेल भएका छन् । जसमा नामिबिया तीन र नेपाल दुई खेलमा विजयी भएको छ । एक खेल नतिजाविहिन बनेको थियो । 

सन् २०२२ मा भएका चारमध्ये तीन खेलमा नामिबिया विजयी भएको थियो । एक खेल नतिजाविहिन बनेको थियो । जुलाई ११ मा भएको पहिलो भेटमा नामिबिया ४० रन र १६ जुनाईमा नामिबियाले ६३ रनको जित निकालेको थियो । डिसेम्बर २ मा तय भएको खेल वर्षका कारण हुन सकेको थिएन ।

डिसेम्बर ७ मा भने नामिबिया ८६ रनले विजयी भएको थियो । यस्तै सन् २०२३ मा भएको पछिल्लो दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालले अघिल्लो वर्षको फेब्रुअरी १४ मा दुई तथा फेब्रुअरी १८ मा तीन विकेटको जित हात पारेको थियो ।