• १३ असोज २०८१, आइतबार

नेपालले दियो नामिबियालाई १३३ रनको सहज लक्ष्य

blog

काठमाडौँ, फागुन ३ गते । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्ससम्मिलित त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई १३३ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टास हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३२ रन बनाएको छ । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाएको हो । गुलशन झाले २१, करण केसीले १६ कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुभयो । 

नेपाललाई सस्तैमा समेट्न बलिङमा नामिबियाका कप्तान जोर्रार्ड इरास्मसले पाँच विकेट लिनुभयो । रुबेन ट्रम्पलम्यान र ज्याक ब्रसिलले समान दुई तथा जान निकोल लोफ्टि इटनले एक विकेट लिनुभयो ।