• १३ असोज २०८१, आइतबार

एउटै स्टेजमा तीन पुस्ताका खेलाडी सम्मानित

blog

सम्मानित खेलाडीसँग अतिथीहरु । तस्बिर : गोरखापत्र

कमल खत्री

नेपालगन्ज, माघ २६ गते । विभिन्न कालखण्डमा नेपालको शारीरिक सुगठन तथा फिटनेसको क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दैं पुर्व खेलाडीहरुलाई नेपालगन्जमा सम्मान गरिएको छ । बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घले आफनो प्रथम साधारण सभाको अवसरमा तिन जना पुर्व खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको हो । 

बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको तदर्थ समिति अध्यक्ष रचना श्रेष्ठले शारीरिक सुगठनको क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने तिन पुस्ताका खेलाडीलाई सम्मान गरिएको बताउनुभयो ।साधारणसभाको उद्घाटन अवसरमा नेपालगन्जमा जिम क्लबको व्यवसायिक रुपमा सुरुआत गर्ने लक्ष्मण ब्यामशालाका प्रमुख तथा पुर्व खेलाडी लक्ष्मण केसी, ओम फिटनेस संचालक तथा पुर्व खेलाडी लवराज श्रेष्ठ र गोल्ड जिम प्रमुख राकेश शाहलाई सम्मान गरिएको छ । 

सम्मानित हुनुभएका केसी शारीरिक सुगठन तथा फिटनेस सङ्घ नेपालका पुर्व केन्द्रिय सदस्य हुनु हुन्छ । लवराज श्रेष्ठ लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेस सङ्घका उपाध्यक्ष हुनुहुन्छ । तिनै जनाले आ–आफ्नो पुस्तामा शारीरिक सुगठन तथा फिटनेसका क्षेत्रमा उत्कृष्ट काम गरेकोले सम्मान गरिएको श्रेष्ठले बताउनुभयो ।

आठ महिना अघि श्रेष्ठको नेतृत्वमा बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घ गठन गरिएको थियो । नेपालगन्जमा भएको सङ्घको पहिलो साधारण सभाको उद्घाटन अवसरमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाह, ओलम्पियन तथा पुर्व राखेप कोषाध्यक्ष एवम पुर्व मन्त्री सुरेन्द्र हमाल, तदर्थ समिति अध्यक्ष श्रेष्ठ लगायतले पुर्व खेलाडीहरुलाई सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा शारीरिक सुगठन तथा फिटनेस सङ्घ नेपालका पुर्व केन्द्रिय सदस्य सदस्य लक्ष्मण केसी, लुम्बिनी प्रदेशका उपाध्यक्ष लवराज केसी, कोषाध्यक्ष हुकुम केसी, राष्ट्रिय सौन्दर्य कर्मी सङ्घ युनियनको तर्फबाट गीता भण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त जंग शाही, नेपाल पत्रकार महासङ्घ बाँकेका उपाध्यक्ष करुणा शाहलगायतको उपस्थिती रहेको थियो । 

शारीरिक सुगठनको अध्यक्षमा शर्मा

यसैगरी अरुणकुमार शर्माको अध्यक्षतामा बाँके जिल्ला शारीरिक सुगठन तथा फिटनेस सङ्घको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । तदर्थ समिति गठन भएको आठ महिना पछि सङ्घको नयाँ कार्यसमिति गठन गरिएको हो ।  

नेपालगन्जमा भएको सङ्घको प्रथम साधारणसभा मार्फत सङ्घको नयाँ कार्यसमिति चयन गरिएको तदर्थ समिति अध्यक्ष रचना श्रेष्ठले जानकारी गराउनु भयो । समितिको उपाध्यक्षमा पिंकी बेहना, सचिवमा करुणा शाह, कोषाध्यक्षमा महेन्द्र सिंह रहनु भएको छ । 

यसैगरी सदस्यहरुमा अमित कुमार गुप्ता, प्रकाश नेपाली, रिंकु कमल, दिनेश थापा र विजय महत रहनु भएको सचिव करुणा शाहले जानकारी गराउनुभयो । थापा र महतलाई पहिलो बैठकबाट मनोनित गरिएको हो । नवनिर्वाचित कार्यसमितिले नेपालगन्जमा छिटै मेयर कप प्रतियोगिता आयोजना गर्ने तयारी पनि सुरु गरिसकेको कार्यसमितिले जनाएको छ ।