• १३ असोज २०८१, आइतबार

क्यानडाविरुद्धको सिरिज: एक खेल अगावै नेपाल च्याम्पियन

blog

विजयी भएपछि नेपाली क्रिकेट टिम । तस्बिरः क्यान

काठमाडौँ, माघ २७ गते । क्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले एक खेल अगावै जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले क्यानडालाई चार विकेटले हरायो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले क्यानडालाई सात रनले हराएको थियो ।


लगातार दोस्रो जितसँगै नेपालले सिरिजमा २–० को अग्रता लिएको छ । जितका लागि क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । 

नेपाका लागि कप्तान रोहितकुमार पौडेल, देव खनाल र अनिल साहले अर्धसतकीय इनिङ्स खेल्नुभयो । यसैगरी कुशल मल्ल र सोमपाल कामी समान नौ रनमा अविजित रहनुभयो । रोहितले ८७ र देवले ७६ रन बनाउनुभयो । ओपनर अनिलले ५० रन बनाउनुभयो ।


यस्तै भीम सार्कीले २३, पवन सरार्फले १४ र अर्का ओपनर आसिफ शेखले १० रन बनाउनुभयो । बलिङमा क्यानडाका हर्ष ठाकुर र इश्वरजोत सोहीले दुई दुई तथा साद बिन जफर र दिलप्रति बाजवाले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८५ रन बनाएको थियो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै नवनीत धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस कीर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाउनुभयो । 

बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।दुई टोलीबिच अन्तिम खेल सोमबार हुनेछ ।