• १३ असोज २०८१, आइतबार

सुवाशलाई भारतीय गल्फ टुरको फुल कार्ड

blog

गल्फर सुवाश तामाङ ।

काठमाडौँ, माघ २६ गते । नेपाल‌ नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) को फुल कार्ड प्राप्त गर्नुभएको छ । 

जम्सेधपुरस्थित ७१ पारको गोलमुरी गल्फ क्लवमा शुक्रबार सम्पन्न टाटा स्टील पीजीटीआई क्वालिफाइङ स्कुलको अन्तिम दिन चार अन्डर ६७ को स्कोर कार्ड बनाउँदै सुवाशले ७२ होलको प्रतिस्पर्धामा कूल १३ अन्डर दुई सय ७१ को स्कोर कार्ड बनाउनुभयो । उहाँ संयुक्त रुपमा दोस्रो स्थानमा रहनुभयो ।

सुवाशले सन् २०२४ को भारतीय गल्फ टुरको लागि फुल कार्ड पाएसँगै उहाँको प्रोफेसनल गल्फ करियर सुरुवात हुनेछ । उहाँले अब शुक्रबहादुर राईसँगै भारतीय टुर खेल्नुहुनेछ । शुक्र गत बर्षदेखि टुरमा छनोट हुनुभएको थियो ।