• १३ असोज २०८१, आइतबार

सन्न्यास लिएको ३० महिनापछि क्रिकेट खेल्दै पारस

blog

तस्बिर : पारस खड्काको फेसबुकबाट ।

काठमाडौँ, माघ २६ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलबाट सन्न्यास लिएको ३० महिनापछि फेरि क्रिकेट खेल्न लाग्नुभएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) कोसचिव समेत रहनुभएक पारसले ३० महिनाअघि सक्रिय खेलाडीबाट सन्यास लिए पनि रुपन्देहीमा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन कार्यक्रममा हुने मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्न लाग्नुभएको हो । मैदान उद्घाटनको क्रममा चार टोलीबीच टी–१० प्रतियोगिता आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । उद्घाटन फागुन १४ गते हुनेछ ।

उक्त अवसरमा सोही मैदानमा नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपाली टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबिच क्रिकेट प्रतियोगिता हुनेछ । पूर्व कप्तान पारसले सन् २०१४ टोलीको कप्तानी गर्नुहुनेछ ।