• २२ वैशाख २०८१, शनिबार

एपिएफलाई मकवानपुर गोल्डकप उपाधि

blog

राममणि दाहाल

हेटौँडा, माघ २७ गते । हेटौँडामा भएको छैटौँ सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० को उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

हेटौँडा ६ स्थित गौरीटार रङ्गशालमा शनिबारभएको फाइनल खेलमा एपीएफले न्यु रोड टिम (एनआरटी) क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो । खेलको निर्धारित समयमा दुवै टिमको गोल नभएपछि भएको टाइब्रेकरमा एपिएफ भाग्यमानी बनेको हो । 

मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगिताको फाइनल उपाधि जितेसँगै एपीएफले नगद १५ लाख रुपियाँ हात पारेको छ । उपविजेता एनआरटीले १० लाख रुपियाँ पायो ।प्रतियोगिताका विजेता तथा उपविजेतालाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।