• २२ वैशाख २०८१, शनिबार

बर्नलीलाई हराउँदै लिभरपुल शीर्षस्थानमा

blog

गोल गरेपछि लिभरपुलका खेलाडी ।

काठमाडौँ, माघ २८ गते । बर्नलीलाई हराउँदै लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा फर्किएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३-१ गोलले हरायाे ।

लिभरपुललाई जिताउन डियगो जोटाले ३९औँ, लुइस डियाजले ५२औँ र डार्विन नुनेजले ७९औँ मिनेटमा गोल गर्नुभयो ।बर्नलीका डारा ओ सियाले पहिलो हाफको अन्तिममा गरेको गोल सान्त्वना बन्यो ।  जितसँगै लिभरपुलले २४ खेलबाट ५४ अङ्क बनाएको छ ।

पराजित बर्नली समान खेलबाट १३ अङ्क जोड्दै १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५२ अङ्क छ । सिटीले एक खेल कम खेलेको छ । एजेन्सी