• १३ असोज २०८१, आइतबार

दमारमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

blog

महालक्ष्मी नगरपालिकामा आयोजना भएको चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता । तस्विर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, माघ २७ गते । धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित चानुवा माविको खेल मैदानमा राष्ट्रपति रनिङ शिल्ड सुरुभएको छ । यहाँ जिल्ला स्तरीय चौधौ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिकाको दमार क्षेत्रमा अहिले खेलकुदको बेग्लै रौनक छाएको छ । 

जिल्लाकै ठुलो खेलमैदान यहाँ रहे पनि यसअघि स्थानीय बाहेक कुनै पनि खेलकुद गतिबिधि नभएको यो क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले खेलप्रेमीमा खुसी छाएको छ । 

प्रतियिोगिता पहिलो पटक धनकुटा सदरमुकाम बाहिर सञ्चालन भएको हो । खेलकुदको सबै ब्यबस्थापन स्थानीय महालक्ष्मी नगरपालिकाले गरेको छ । यो प्रतियोगिताले खेल क्षेत्रलाई मात्र नभइ  शिक्षा र पर्यटकलाई समेत सहयोग गर्ने  मेयर ध्रुबराज रायले बताउनुभयो । 

“हामीले पहिलो पटक जिल्ला सदरमुकामभन्दा बाहिर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरेको छौं, यसले खेलकुदलाई मात्र नभइ आर्थिक, पर्यटकीय तथा शैक्षिक क्षेत्रमा समेत सहयोग पुग्नेछ” प्रमुख रायले भन्नुभयो ।   

प्रतियोगितामा धनकुटाभरीका सात पालिकाबाट तीनसय पचासभन्दा बढी बिद्यार्थीको सहभागिता रहेको छ । त्यस्तै, खेल प्रतिनिधि शिक्षक ब्यबस्थापक गरी सात सयभन्दा बढी ब्यक्ति पाहुनाको रुपमा दमार आएका छन् । 

दमार माबिका प्रध्यानाध्याक कुमारबाबु श्रेष्ठका अनुसार आएका पाहुना तथा  ब्यबस्थापन समस्या थियो, तर सबैको सहयोगले पाहुना ब्यबस्थापन खेलस्थल ब्यबस्थापन लगायतको काम गर्न सफल भएको छ । 

महिला र पुरुष दुवैतर्फका विजेताले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा भाग लिन पाउनेछन् । पहिलो पटक जिल्ला सदरमुकाम बाहिर गरिएको सो प्रतियोगिता सञ्चालन गर्न समस्या भने धेरै छन् । खेल मैदानबाहेक अन्य खेलकुदका पूर्बाधारको अभाब, इन्डोर खेल समेत खुल्लै स्थानमा गर्नुपर्ने अबस्था आफैमा चुनौतीपूर्ण रहेको जिल्ला खेलकुद बिकास समिति धनकुटाका अध्यक्ष मनोज राईले बताउनुभयो ।