• १३ असोज २०८१, आइतबार

अवार्डलाई प्लाजा होटल्स ग्रुपको सहप्रायोजन

blog

सम्झौतापत्र आदानप्रदान गरिँदै ।

काठमाडौँ, माघ २५ गते । २०औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि प्लाजा होटल्स ग्रुपले सहप्रायोजन गर्ने भएको छ ।

सहप्रायोजनसम्बन्धी सम्झौतापत्रमा बिहीबार नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल्स ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले हस्ताक्षर गर्नुभयो । स्पोर्ट्स अवार्ड यही माघ २८ गते हुनेछ ।

सहप्रायोजक बनेवापत प्लाजा होटल्स ग्रुपले अवार्डका कार्यक्रममा आउने अतिथिका लागि आवास सुविधाको व्यवस्था गरिदिने सम्झौतामा उल्लेख छ। अवार्डअन्तर्गत खेलाडी र प्रशिक्षकसहित पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।