• १३ असोज २०८१, आइतबार

सुजेन्द्र स्मृति बुद्धिचाल शनिबार

blog

काठमाडौँ, माघ २६ गते । नेपालमा बुद्धिचाल महासङ्का पूर्व उपाध्यक्ष तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा शनिबार एकदिने द्रुतगतिको खुला ब्लिट्ज बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।

नेपालमा बुद्धिचाल खेलको विस्तार र विकासमा महत्त्वपूर्ण योगदान दिनुभएका स्वर्गीय सुजेन्द्रको सम्झनामा मखन चेस क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । मखन चेस क्लबका संस्थापक अध्यक्ष समेत रहनुभएका सुजेन्द्रको २०७९ चैतमा क्यान्सरको कारण निधन भएको थियो । 

स्विस लिग प्रणालीका आधारमा नवौँ चरणसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई १० हजार, उपविजेतालाई आठ हजार र तेस्रो हुनेलाई ६ हजार रुपियाँ पुरस्कार प्रदान गरिने छ ।

यस्तै चौथो देखि १०औँ सम्म अटाउने र समूहगत विधाका विजेतालाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजक क्लकका अध्यक्ष सुरजप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।