• १३ असोज २०८१, आइतबार

त्रिदेशीय सिरिज फागुनमा

blog

काठमाडौँ, माघ २६ गते । घरेलु मैदान कीर्तिपुरमा नेपालले फागुनमा खेल्ने त्रिदेशीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार नेपालले फागुन  ३ गते नामिबियासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।