• १३ असोज २०८१, आइतबार

दीपेन्द्रले युएईमा आइएल टी–२० खेल्ने

blog

काठमाडौँ, माघ २५ गते । नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीले संयुक्त अरब इमिरेट्स (युएई) को अन्तर्राष्ट्रिय आइएल टी–२० खेल्नुहुने भएको छ । दीपेन्द्रलाई फ्रेन्चाइज क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले दीपेन्द्रलाई शुभकामना दिँदै गल्फ जायन्ट्सले अनुबन्ध गरेको जनाएको छ । दीपेन्द्र आइएल टी–२० खेल्न बिहीबार (आजै) युएई जानुहुनेछ । जायन्ट्स गत वर्षको लिग च्याम्पियन टोली हो ।

गल्फ जायन्ट्सको मालिक भारतको चर्चित अडानी समूह रहेको छ । जायन्ट्स लिगमा अब दुई खेल खेल्न बाँकी छ । तेस्रो स्थानमा रहेको जायन्ट्सको आठ खेलबाट आठ अङ्क छ । लिगको शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । लिगका ६ टोलीको सहभागिता रहेको छ ।