• १३ असोज २०८१, आइतबार

क्यानडाले दियो नेपाललाई २८६ रनको लक्ष्य

blog

दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै क्यानडा र नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौँ, माघ २७ गते । एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा जितका लागि क्यानडाले नेपाललाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८५ रन बनायो । क्यानडाका लागि आरोज जोहनसनले ६५ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

यस्तै नवनित धलिवलले ४६, श्रीयस मोभाले ४०, परगत सिंहले ३८, उदय भगवानले अविजित २०, निकोलस किर्तनले २०, दीलप्रित बजवाले १९ र शाहिद अहमदजैले १३ रन बनाउनुभयो । 


बलिङमा नेपालका कुशल मल्ल र कप्तान रोहित पौडेलले दुई दुई विकेट लिनुभयो । यस्तै सूर्य तामाङ, आकाश चन्द, पवन सर्राफ र सोमपाल कामीले एक एक विकेट लिनुभयो ।

तीन खेलको सिरजमा नेपाल बिहीबार भएको पहिलो खेलमा सात रनले विजयी भएको थियो । आज जित निकालेका नेपाल एक खेल अगावै सिरिज च्याम्पियन बन्नेछ । सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ ।