• १३ असोज २०८१, आइतबार

महिला क्रिकेट टोलीको बिदाइ

blog

काठमाडौँ, माघ २५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला प्रिमियर कप खेल्ने टोलीलाई बिदाइ गरेको छ । 

क्यानले काठमाडौँमा एक कार्यक्रमबिच बिहीबार महिला राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको हो । मलेसियामा हुने खेलमा नेपालसहित आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्यान्ड, इण्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।

प्रतियोगिता आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एसिया कपका लागि छनोट हुनेछन् । 

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, यशोदा विष्ट, खुसी डङ्गोल, सबनम राई, रोमा थापा, सङ्गीता राई, सम्झना खड्का, पूजा महतो र कविता कुँवर हुनुहुन्छ ।