राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरस्कार घोषणा
नेपालगन्जमा पहिलो पटक सञ्चालन हुन लागेको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को पुरस्कार घोषणा गरिएको छ ।
कोहलपुरका ९५ स्थानमा सामूहिक आगो ताप्ने व्यवस्था
बाँकेको कोहलपुर नगरपालिकाले चिसोबाट बच्न १५ वटै वडाका ९५ स्थानमा दाउरा वितरण गरेर सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सुरक्षित बन्दै भृङ्गी-स्वर्गद्वारी सडक
भृङ्गी-स्वर्गद्वारी-होलेरी सडकको भृङ्गी-स्वर्गद्वारी सडकखण्ड सुरक्षित बनाउन थालिएको छ । पवित्र धार्मिक पर्यटकीयस्थल स्वर्गद्वारी पुग्ने यात्रुहरूको सुरक्षाका लागि सडक सुरक्षा र स्तरोन्नतिको काम थालिएको हो ।
आर्थिक विकास कार्यक्रममा छ स्थानीय तह छनौट
नव प्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि गुल्मीका छ स्थानीय तह छनौट भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्रोत परिचालन समन्वय शाखा) का अनुसार जिल्लाका छ स्थानीय तहसहित सात प्रदेशकै १०४ स्थानीय तह छनौट भएका हुन् ।
नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप हुने
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जमा राष्ट्रिय स्तरको हाप्किडो च्याम्पियनसिप प्रतियोगिता आयोजना गरिन लागिएको छ ।
विपन्नका लागि न्यानो लुगा सङ्कलन
बाँकेमा केही दिन यता चिसो अत्यधिक बढेर जनजीवन अस्तव्यस्त बनेपछि विपन्न र गरिबहरू समस्यामा परेका छन् । उनीहरूसँग न्यानो लुगाको अभाव भएकाले समस्यामा परेका हुन् ।
गाउँको विकासले दङ्ग छन् पश्चिम दाङका जनता
पश्चिम दाङलाई जिल्लाको विकट क्षेत्रका रूपमा लिइन्छ । त्यसलाई दाङको ‘कर्णाली’ भनेर चिनाइन्छ । विकासको दृष्टिकोणले पछि परेको त्यो ठाउँमा अहिले भने धमाधम विकास निर्माणको काम भइरहेको छ ।
राप्तीसोनारीले सार्वजनिक गर्यो ‘लिजा’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले स्थानीय संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) सार्वजनिक गरेको छ । राप्तीसोनारी लिजा सार्वजनिक गर्ने बाँकेकै पहिलो पालिका बनेको छ ।
बाँके बैजनाथ महोत्सव हुँदै
बाँकेको बैजनाथमा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृतिको पहिचान, विकास र समृद्धि बैजनाथको अभियान’ भन्ने मूल नाराका साथ ‘प्रथम बैजनाथ तथा छैटौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवम् पर्यटन महोत्सव–२०८०’ को तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।
स्थानीय प्रशासनकै अघिल्तिर तुरियामा तस्करी
सुनवल नगरपालिकास्थित तुरियाखोलाबाट ढुङ्गा, गिट्टी, बालुवा चोरी तस्करी भइरहेको छ । चुरे क्षेत्रको तुरियाखोला तिरमा पर्ने सुनवलको बेलारी, सोमैटोला, चारघरेलगायतका ठाउँबाट बिहान तीन बजेदेखि राति ११ बजेसम्म तस्करी हुने गरेको छ ।
सुन चाल्ने सोनाहाकै मुस्किल छ दैनिक गुजारा
बर्दियाका सोनाहा जाति पुर्खौंदेखि कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा बालुवा चालेर सुन खोज्दै आएका छन् । तथापि उनीहरू नै बिहान बेलुकाको छाक टार्न समस्यामा छन् । नेपालभर करिब दुई ह
पशु बाँझोपन निदान गर्न चेकजाँच
पशु बाँझोपनको समस्या समाधान गर्न कपिलवस्तुका पशु प्राविधिकले गोठमा पुगेर उपचार सुरु गरेका छन् ।
धूमधामका साथ मनाइयो माघी
बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् ।
महिलालाई नौमती बाजा हस्तान्तरण
जनजातिमध्ये मगर समुदाय बाहुल्यता रहेको यहाँ सांस्कृतिक विविधतामा एकता कायम राख्नका लागि नौमती बाजा हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा १५ लाखको कारोबार
लुम्बिनी प्रदेशका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरणका लागि नेपालगन्जमा सञ्चालन गरिएको लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीमा १५ लाख रुपियाँको कारोबार भएको छ ।
सञ्चारकर्मी ठाकुरसिंह थारुकाे पार्टी महासचिव यात्रा....
ठाकुरसिंह थारु अहिले ४९ वर्ष पुग्नुभयो । साबिकको मैना पोखर गाविस वडा नं. ३, बढैया (हाल बढैया ताल गाउँपालिका वडा नं. ५ मा वि.सं. २०३१ साल भदौ १४ गते बुवा भिखु थारु र आमा सीता रानी थारुको कोखबाट उहाँको जन्म भएको थियो ।
घुम्ती सडकमा खाल्टैखाल्टा
जिल्लाको मुख्य राजमार्गकै घुम्तीमा ठुला खाडल परेपछि दुर्घटनाको जोखिम बढेको छ । मदन भण्डारी राजमार्गमा पर्ने तम्घास–सिमलटारी सडकको तम्घास–छल्दीपनाह खण्डका अधिकांश घुम्तीमा खाडल परेपछि गु
किसानले पाएनन् दुध विक्रीको डेढ करोड बढी भुक्तानी
पाल्पाका किसानले छ महिनादेखि दुधको भुक्तानी पाउन सकेका छैनन् । दुध तथा दुग्धजन्य पदार्थको खपत नहुँदा जिल्लाका पाँच सय बढी किसानले भुक्तानी पाउन नसकेका हुन् ।
‘सामुदायिक क्याम्पस प्रदेश सरकारको जिम्मामा हुनु पर्छ’
लुम्बिनी प्रदेशको श्रीङ्श्वर बहुमुखी क्याम्पस गुल्मीमा अहिले जम्मा २५० जना मात्रै विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा प्रध्यापनरत प्रध्यापक नौ जना छन् । यस्तै दाङको सिद्ध पृथ्वी क्याम्पस श्रीगाउँमा ६३ जना मात्रै विद्यार्थी छन् । उक्त क्याम्पसमा अध्यापनरत् प्राध्यापकको सङ्ख्या सात जना रहेका छन् । यी दुई वटा कलेज उदाहरण मात्रै हुन् ।
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका'
लुम्बिनी प्रादेशिक अस्पतालमा 'फार्मेसी वाटिका' बन्ने भएको छ । नेपाल फार्मेसी सङ्घ रुपन्देहीले वाटिका बनाउन लागेको हो ।
नेपाल र भारतको सम्बन्ध अतुलनीय छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपाल र भारतबिचको सम्बन्ध अतुलनीय रहेको बताउनुभएको छ ।
होमस्टे (घरबास) बनाउदै खजुरा गाउँपालिका
बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा होमस्टे (घरबास) सहित पर्यटकीय स्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा ८ स्थित घिया गाउँको मुक्त कमैया बस्तीमा होमस्टे बनाइने भएको हो ।
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै माघ
पुसको अन्तिम साताबाट माघको तयारीमा जुटेका थारु समुदाय आज पनि माघकै रमझममा जुटेका छन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क लठ्ठी सहयोग
पाल्पाका ज्येष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क लठ्ठी प्रदान गरिएको छ ।