तीन वर्षमा ११ लाखले गरे स्वास्थ्य बिमा
लुम्बिनी प्रदेशका करिब ११ लाख नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्ड लुम्बिनी प्रदेशका अनुसार पछिल्लो तीन वर्षमा उक्त सङ्ख्यामा नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।
बुद्ध वंश नरसंहारको कथा मूर्तिमा कोरिँदै
मूर्तिकार सुनिता राणालाई मूर्ति बनाउन भ्याइ न भ्याई छ। छिनो, हथौडा, कटर र ग्लेण्डरको सहायताले ढुङ्गा काट्दै र चिल्लो पार्दै मलिका देविको मूर्तिलाई अन्तिम स्वरुप दिन लाग्नु भएको छ।
भूमिहीन, दलितका समस्या निष्कर्षमा लैजानुपर्छ : सांसद विश्वकर्मा
रुपन्देहीको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सांसद छविलाल विश्वकर्मालाई यस निर्वाचन क्षेत्रमा जमिनसँग जोडिएका समस्या धेरै रहेको राम्रैसँग थाहा छ ।
निजामती सेवामा अब्बल बन्दै गुल्मी
निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको छ । केही समय अगाडि शाखा अधिकृतको नतिजाले पनि निजामती सेवामा गुल्मी अब्बल बन्दै गएको पुष्टि गरेको छ ।
मूर्तिमा सगरहवा नरसंहारको चित्रण
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विक स्थल सगरहवाको लम्बुसागर ताल क्षेत्रमा पुग्दा निर्जीव ढुङ्गामा चित्र कुँदेर जीवन्त कला भर्ने मूर्तिकारहरू एकाग्र रूपमा काममा व्यस्त देखिन्थे ।
सिद्धबाबामा सुरुङ खन्न सुरु
सिद्धबाबा सुरुङमार्गको मुख्य काम सुरुङ खन्न सुरु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा क्षेत्रमा एक हजार १२६ मिटर सुरुङ खन्ने कामको थालनी भएको हो । सुरुङ खन्ने काम दक्षिणतर्फको गेटबाट सुरु भएको हो । सुरुङ निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणपछि दक्षिणतर्फको ढोकाबाट सुरुङ खन्ने कामले गति लिएको आयोजना पक्षले जनाएको छ ।
प्रस्तर कलामा बौद्धकालीन सगरहवाको इतिहास
कपिलवस्तुको ऐतिहासिक तथा पुरातात्त्विकस्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सम्पन्न भएको छ ।
बाँकेमा दुई सातापछि घाम लाग्यो
बाँकेमा दुई सातापछि मङ्गलबार घाम लागेको छ। घाम लागेछि सर्वसाधारणको दैनिकी सामान्य बनेको छ।
वैशाखदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गरिने
नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ ।
प्राचीन तिलौराकोटमा उत्खनन सुरु
राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाँउ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ ।
खानेपानी आयोजना सम्पन्नसँगै एक सय बढी घरधुरी लाभान्वित
जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ जुभुङ्गस्थित सुर्योदय खानेपानी तथा सरसफाइ आयोजना र झिरुवासस्थित ठुलाखोला काभ्रेपोखरी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएसँगै विद्यालय, स्वास्थ्य चौकी, आमा समूहसहित १४० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।
प्रभास तालबाट हराए कमलका फूल
तानसेनस्थित ऐतिहासिक प्रभास तालमा कमलका फूल लोप भएका छन् । एक दशकअघिसम्म प्रभास तालभरि कमलका फूल फुल्ने गरेको भए पनि पछिल्लो समय कमलका फूल देखिन छाडेको छ । यस तालमा विभिन्न हानिकारक फोहोर मिसाउँदा कमलका फूल लोप भएको स्थानीय बासिन्दाले बताएका छन् । एक दशकअघिसम्म पनि तालमा विभिन्न रङका कमलका फूल फुल्थे तर अहिले कमलका फूल देख्न पाइँदैन ।
कफी खेतीबाट विस्थापित हुँदै किसान
पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् ।
विदेशबाट फर्किएर भैँसीपालन मासिक डेढ लाख आम्दानी
परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा नचलेपछि दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि त्यही परम्परागत पेसालाई व्यावसायिक रूप दिएर सन्तुष्ट हुने गरी कमाउनुभएको छ ।
पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार
कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् ।
‘दाङ क्रिकेट लिग’ फागुनमा
दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि हुन थालेको दाङ क्रिकेट लिगको दोस्रो संस्करणको बारेमा जानकारी दिएको हो ।
आमाको सम्मानमा भवन निर्माणार्थ एक लाख सहयोग
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष एवम् नेपाल मगर सङ्घ तुलसीपुर नगर समितिका सल्लाहकार धनबहादुर बुढा मगरले आमा पार्वती बुढा मगरको सम्झनामा एक लाख सहयोग गर्नुभएको छ ।
बर्दिया निकुञ्जमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि
बाघ अवलोकनका लागि नेपालकै प्रमुख मानिने बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा ह्वात्तै वृद्धि भएको छ ।
रामतुलसी माविलाई राष्ट्रपति रनिङ शिल्ड उपाधि
रामपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ ।
लम्पीस्किनबाट गाईगोरुको मृत्यु : पाँच करोडको क्षति
अर्घाखाँचीमा लम्पीस्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ ।
नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग
भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज-जनकपुर हवाई सेवा सुरु गर्न माग गरिएको छ ।
चार हजारभन्दा बढी सवारी साधन कारबाहीमा
सवारी साधन कारबाहीबाट पछिल्लो छ महिनामा २७ लाख तीन हजार राजस्व सङ्कलन भएको छ ।
'श्रीरामको प्राणप्रतिष्ठा अनुष्ठान’ को रौंनक'
भारतको अयोध्यामा हुन लागेको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ को रौंनक नेपालगञ्जमा पनि छाएको छ । आइतबार रातिदेखि नेपालगञ्जको त्रिभुवन चोक, सदरलाइन लगायतका मन्दिर क्षेत्र र टोलवस्ती सजाएर राखिएको छ ।
बाँकेमा जाडो बिदा थप
बाँकेमा सुरु भएको शीतलहरका कारण चिसो झन् झन् बढ्दै गएको छ । शीतलहरले गर्दा चिसो बढ्दै गएपछि यहाँको जनजीवन कष्टकर बनेको छ ।